• शुक्रबार, साउन १५ २०८३

कांग्रेस महाधिवेशन: मुस्लिम काेटामा बनेका यि हुन उम्मेदवार, अब्दुल सत्तारले जित्ने पक्का !


आइतबार, मंसिर २६ २०७८
1K
Shares

काठमाण्डाै । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा १ सहमहामन्त्री र ३ केन्द्रिय सदस्यका लागि मुस्लिम आरक्षण काेटाबाट १९ जनाले उम्मेदवारी दिएका छन् । १ सहमहामन्त्री र ३ सदस्य गरी ४ मुस्लिम आरक्षण काेटा रहेकाे कांग्रेस केन्द्रिय समितीमा १९ जनाकाे उम्मेदवारी परेकाे हाे ।

तर याे प्रारम्भिक विवरण हाे । शनिबार उम्मेदवारी दर्ता गराएपनि उम्मेदवारी फिर्ता गर्ने समय आज आइतबार ११ बजेसम्म ताेकिएकाले उम्मेदवार बनेका केहिले भने फिर्ता लिन सक्ने अनुमान छ । निर्वाचन समितीले १२ बजेपछि मात्रै अन्तिम उम्मेदवारकाे नामावली प्रकाशन गर्ने बताएकाे छ ।

यता एक मुस्लिम आरक्षण काेटाबाट सहमहामन्त्री पदमा फरमुल्लाह मंसुर र शेख वकिलले उम्मेदवारी दिएका छन् । मंसुर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन भने वकिल शेखर काेइराला प्यानलका उम्मेदवार हुन । सहमहामन्त्रीमा पूर्व मन्त्री समेत रहेका मंसुर बलिया उम्मेदवारका रुपमा हेरिएकाे छ ।

यता मुस्लिम काेटाबाट ३ सदसस्यका लागि १७ जनाकाे उम्मेददवारी परेकाे निर्वाचन समितिले जनाएकाे छ । जसमा एक महिलासहित ३ जना रहेका छन् ।

सदस्यमा उम्मेदवारी दिनेमध्ये सबैभन्दा बलिया उम्मेदवारका रुपमा अब्दुल सत्तारलाई हेरिएकाे छ । नेपाल मुस्लिम स‌ंघका केन्द्रिय अध्यक्ष समेत रहेका सत्तार शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन । उनि करिब दुई दशकयता कांग्रेसकाे राजनीतिमा सकृय छन् ।

त्यस्तै केन्द्रिय सदस्यमै उम्मेदवार बनेकाहरुमा संविधान सभा सदस्य माेख्तार अहमद, हसन अन्सारी, अब्दुल रज्जाक, माे. इर्शाद अन्सारी, प्राेफेसर सलाउ दिन मियाँ, अकिल मियाँ, माे नसिर सिद्धिकी, माेहम्मद निजामुद्धिन र अब्दुल रहिम रहेका छन् ।

यसैगरी मुस्लिम आरक्षणबाट महिला सदस्यमा जमिला मियाँ, यासीवा रहमान, जावेदा खातुन जागा, सनम बेगम, गोमा पराजुली अन्सारी र जमिला खातुन रहेकाे निर्वाचन समितीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार