• शुक्रबार, साउन १५ २०८३

कांग्रेस महाधिवशेन: सभापतिदेखि सदस्यसम्म उम्मेदवार बन्ने यि हुन गोरखाका १२ नेता


शनिबार, मंसिर २५ २०७८
1.1K
Shares

गोरखा । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा गोरखाका १२ जनाले केन्द्रिय समितीका लागि मनाेनयन दर्ता गराएका छन् । बिभिन्न पदका लागि भन्दै गोरखाबाट महाधिवेशन प्रतिनिधी चयन भएका १२ जनाले आज शनिबार मनाेनयन दर्ता गराएका हुन ।

जसमा केन्द्रिय सभापतिदेखि सदस्यसम्म रहेका छन् । १२ जनामध्ये युवराज न्याैपानेले सभापतिमा उम्मेदवारी दिएका हुन । निर्वाचन समितिकका अनुसार सभापतिमा गोरखाका न्याैपानेसहित कल्याण गुरुङ, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ।

त्यस्तै सहमहामन्त्रीमा कमला पन्तले उम्मेदवारी दिएकी छिन । उनि शेखर काेइराला समुहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेकी हुन ।

यसैगरी केन्द्रिय सदस्यमा पूर्व केन्द्रिय सदस्य समेत रहेका सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले उम्मेदवारी दिएकाे निर्वाचन समितीले जनाएकाे छ ।

त्यस्तै केन्द्रिय सदस्यमै उम्मेदवार बन्नेहरुमा कांग्रेस गोरखाका निवर्तमान सभापति हरि बहादुर घले, राजेन्द्र बजगाँई, इ. दिपकबाबु कडेंल, मनकुमारी गुरुङ्ग, सलावतदिन मियाँ, माेहन पाेखरेल र प्रेम कुमार खत्री रहेकाे बताइएकाे छ ।

उनिहरु कुन समुहबाट उम्मेदवार बनेका हुन भन्ने बिषय भने भाेली बिहान मात्रै सार्वजानिक हुने समितीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार