• शुक्रबार, साउन १५ २०८३

१३ पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी दर्ता (कुन पदमा काे)


शनिबार, मंसिर २५ २०७८
625
Shares

काठमाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।

अपरान्ह पौने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयनका लागि दिएको समयमा सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

पसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् ।

यसैगरी महामन्त्री प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

सदस्यहरुमा भने थारुतर्फ १४ जना, मधेशीतर्फ ३२ जना, आदिबासी जनजातितर्फ ८७ जना, खसआर्यतर्फ ९३ जना, दलिततर्फ ३९ जना, महिलातर्फ ३१ जना, पिछडिएको क्षेत्रतर्फ २ जना, अपांगतर्फ १६ जनाको उम्मेदवारी परेको छ।

सदस्यहरुमै अल्पसंख्यकतर्फ ६, मुश्लिम तर्फ १६ जनाको उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ।

यस्तै प्रदेश तर्फ प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५, बागमति प्रदेशमा ५, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा १२ जनाको उम्मेदवारी परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार