• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रकाे प्रादेशिक सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने


शनिबार, मंसिर २५ २०७८
760
Shares

माओवादी केन्द्रकाे प्रादेशिक सम्मेलन आजबाट सुरु हुदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा आज एकैदिन सम्मेलन हुन लागेको हाे । सम्मेलनको अध्यक्ष प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।

आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार