• आइतबार, असोज ४ २०८३

प्रधानन्यायाधीश जबराको शीघ्र बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन


शुक्रबार, मंसिर २४ २०७८
700
Shares

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेको छ ।

मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।

धर्नालाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कू कर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु उनीहरुको कमजोरी भएको जिकिर गरे । कार्यक्रममा समाजका पूर्व सभापतिद्वय अधिवक्ता होमकान्त चौलागाई र उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायिक विचलन आदिका कारण न्याय क्षेत्र प्रदूषित भएको विचार राखे ।

तिनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको बहिर्गमन आवश्यक भएको धारणा राखे ।यसैगरी मानवअधिकार दिवसकै दिन शुक्रबार प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामारबहिर्गमनको माग गर्दै शान्ति समाजका चितवन, दाङ, संखुवासभा, महोत्तरी, रुपन्देही, नवलपुर, तेह्रथुमलगायत शाखाहरूले प्रदर्शन गरेको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । पौडेलका अनुसार शान्ति समाज जिल्ला शाखाको आयोजनामा थप ५ जिल्लामा मंसिर २४ गते प्रदर्शन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार