• शुक्रबार, साउन १५ २०८३

रामचन्द्र पौडेल पुगे महाधिवेशनस्थल


शुक्रबार, मंसिर २४ २०७८
690
Shares

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।

उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु पनि पुग्ने क्रम जारी छ । महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार