• शुक्रबार, साउन १५ २०८३

काँग्रेसमा प्रदेश १ बाट पदाधिकारी आकांक्षीको लर्को


शुक्रबार, मंसिर २४ २०७८
580
Shares

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको दाबेदारीसहित प्रदेश नम्बर १ बाट पदाधिकारीका आकांक्षीको लर्को लागेको छ । संस्थापन र इतरको छुट्टा–छुट्टै गुटबाट काँग्रेसको नयाँ नेतृत्वमा सभापतिसहित पदाधिकारीमा प्रदेश १ का काँग्रेसी नेताहरु दौडमा छन् ।

यद्धपी प्रदेश १ का नेता कृष्ण सिटौलाले भने अहिलेसम्म कुनै पदमा आफनो दाबेदारी प्रस्तुत गरेका छैनन् ।पाटीभित्र गुट चलाउँदै आएका पूर्वमहामन्त्री सिटौला १३ औं महाधिवेशनमा सभापति पदमा उठेका थिए । तर यो पटकको महाधिवेशनमा गुटका नेताहरुलाई व्यवस्थापन गर्नेमै लाग्ने या आफ्नो भूमिका के गर्ने खुलिसकेको छैन ।

उता पौडेल पक्षका शेखर कोइरालाले सभापतिको दाबेदारी गरिसकेका छन् । संस्थापन पक्षका विजयकुमार गच्छदार उपसभापतिमा, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीमा पदाधिकारीका दावेदारी गर्दै आएका छन् ।

मोरङबाट मात्र संस्थापन र संस्थापनइतर समूहबाट एक दर्जन बढीले पदाधिकारीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । मोरङबाट काँग्रेस केन्द्रीय सभापतिमा डा शेखर कोइराला, उपसभापतिमा महेश आचार्य, महामन्त्रीमा डा मिनेन्द्र रिजाल, सह–महामन्त्रीमा डा डिला संग्रौला र बाँकी नेताहरूले केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गरेका छन् ।

पाँचथरका भिष्मराज आङ्देम्बेले सह–महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन् । त्यसैगरी संस्थापनबाट सीता गुरुङले पनि सह–महामन्त्रीमा उठ्ने घोषणा गरेकी छन् ।
प्रदेशका एक दर्जन बढीले दुबै गुटबाट केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गर्दै आएका छन् । विराटनगर महानगरपिलिकाका मेयर भीम पराजुली तथा उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यका लागि आफनो दाबेदारी प्रस्तुत गरेका छन् ।

मेयर पराजुली नेता कृष्ण सिटौला गुटबाट तथा उपमेयर इन्दिरा कार्की पौडेल पक्षबाट केन्द्रीय सदस्यको लाइनमा छन् । संस्थापनका अमृत अर्याल र हसन अन्सारीले पनि केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरिसकेका छन् ।

कोइराला समुहबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पनि केन्द्रीय सदस्यको दाबी गरिरहेका छन् । मिन विश्वकर्मा, सीताराम मेहता, राजीव ढुंगाना, तुलसी सुब्बा, आनन्द सन्तोषी राई र शोभा पालुङ्वा पनि केन्द्रीय सदस्यको दौडमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार