• शुक्रबार, साउन १५ २०८३

काँग्रेसको १४ औँ महाधिवेशन पछि नेतृत्वमा नयाँ अनुहार आउनुपर्छः रक्षामन्त्री रिजाल


शुक्रबार, मंसिर २४ २०७८
655
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।“अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने ।

संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए ।यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उनले उल्लेख गरे ।

“सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उनले भने । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार