• शुक्रबार, साउन १५ २०८३

महाधिवेशन उद्घाटनका दिन पौडेललाई निधिले किन गरे फोन ?


शुक्रबार, मंसिर २४ २०७८
550
Shares

काँग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् ।

नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् ।

सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए । नेता पौडेल आफू समूहका नेताहरुको बैठकमा समेत सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि निराश बनेका छन् भने सोही निराशापछि उनले पार्टीबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिपछि पौडेल समूह र पार्टीका बैठकहरूमा अनुपस्थित हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार