• शुक्रबार, साउन १५ २०८३

क्रान्तिकारी ट्रेड युनियन महासंघ उपत्यका बिशेष समितिको जागरण अभियान


बिहिबार, मंसिर २३ २०७८
755
Shares

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे जागरण अभियान अन्तरगत उद्घाटन कार्यक्रमहरु सम्पन्न भएका छन। श्रमिक मजदुरहरुको अधिकार र पुर्ण मुक्तिको निमित्त बैज्ञानिक समाजबाद स्थापना र जनमत संग्रह भन्ने नाराका साथ पछिल्लो समय महासंघ तीन महिने श्रमिक जागरण तथा संगठन निर्माणमा होमिएको जनाइएको छ।

यसै क्रममा महासंघको उपत्यका विशेष क्षेत्रले आज काठमाण्डौंमा प्रशिक्षणात्मक कार्यक्रम गरि अभियान उद्घाटन गरेको छ। कार्यक्रममा महाँसंघका केन्द्रीय अध्यक्ष बिनोद थापाको प्रमुख आतिथ्यता तथा महासंघकै उपाध्यक्ष एबम बागमती प्रदेश समिती इन्चार्ज शिशिर थापाको आतिथ्यता रहेको थियो । कार्यक्रम केन्द्रीय सदस्य एबम उपत्यका बिशेष क्षेत्रका इन्चार्ज सरोजकाे अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएकाे हाे ।

श्रमिक जागरण एवं संगठन निर्माण अभियान न्युनतम तीन महिना र सापेक्षतामा निरन्तर सञ्चालन हुनेछ भने, कार्यक्रम “श्रमिकहरुको सम्पुर्ण अधिकारको निम्ति जनमतसंग्रह “नारामा केन्द्रित रहने छ।

कार्यक्रममा उपस्थित बिभिन्न केन्द्रीय सदस्यहरुबाट प्राप्त जिज्ञासाहरुमा केन्द्रित रहँदै प्रमुख अतिथी र अतिथीहरुबाट महत्वपुर्ण दिशानिर्देश तथा प्रशिक्षण प्रदान गरिएको थियाे । कार्यक्रममा महासंघको पछिल्लो कार्यनिर्देशिका र भावी कार्यक्रममा ध्यान दिँदै अतिथी शिशिर थापाले श्रमिक कटौती, न्यून ज्याला र बिशेष गरि हायर एन्ड फायर बिरुद्ध बैचारिक स्पष्टता साथ सचेत ढंगले संघर्षमा जोड दिन अनुरोध गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी बिनोद थापाले श्रमिक जागरण अभियान भव्यतापुर्ण सार्थकतामा जोड दिन बिशेष अपिल गरेका छन् ।

कार्यक्रममा महासंघको उपत्यका विशेष क्षेत्रका तीन जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाका इन्चार्जहरु बिकास थापा, कुमार घिशिङ्ग र अर्जुन प्रसाद लामिछने र महासंघको महत्वपुर्ण पेशागत घटक संघहरु; सिलाइ, गार्मेण्ट,ढुवानी, स्वास्थ्य तथा सरसफाइ, ग्रील तथा धातु, यातायात, उद्योग, निर्माण , सेक्युरिटी , सञ्चार तथा छापाखाना, होटल लगायत क्षेत्रका अध्यक्ष तथा इन्चार्जसंगै केन्द्रीय सदस्यको उल्लेख्य उपस्थिती रहेको थियो।

महासंघको कार्यक्रम अनुरुप, बागमती प्रदेश अन्तर्गत रहेको उपत्यका बिशेष क्षेत्र समिती , अभियान क्रममा उपत्यकाका सबै क्षेत्रहरुमा कार्यरत श्रमिकहरुको बिचमा विभिन्न कार्यक्रमका साथ पुग्ने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार