• शुक्रबार, साउन १५ २०८३

कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबीः देउवा


बिहिबार, मंसिर २३ २०७८
520
Shares

नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारबाट सुरु हुने आफ्नो पार्टीको महाधिवेशन नेपालकै प्रजातान्त्रिक भविष्यका लागि महत्वपूर्ण हुने बताएका छन्।

बिहीबार बिहान लैनचौरमा कांग्रेस नेता डा।प्रकाश शरण महतको पुस्तत ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ को बिमोचन गर्दै सभापति देउवाले आगामी चुनावबाट कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे।

महाधिवेशनमा सहमतिका साथ अगाडि बढ्ने उद्घोष गर्दै देउवाले केही लागेन भने लोकतान्त्रिक प्रक्रियामा गएर पार्टीको नेतृत्व चयन गरिने बताए।

‘जित हारलाई सबैले सहज रुपमा लिनुपर्छ,’ देउवाले भने, ‘निर्वाचनमा जे परिणाम आएपनि सामान्य किसिमले लिनु पर्छ। कुनै किसिमको कटुता पाल्नु हुँदैन।’कार्यक्रममा बोल्दै नेता महतले शेरबहादुर देउवा नै पुन कांग्रेसको सभापति बन्नुपर्नेमा जोड दिए। कांग्रेसका विभिन्न पक्षलाई मिलाएर लैजाने क्षमता देउवासँग मात्रै भएको उनको भनाई थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार