• शुक्रबार, साउन १५ २०८३

राप्रपाले समान विचार भएका पार्टीहरूसँग एकता गर्ने


बुधबार, मंसिर २२ २०७८
2.2K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान विचार भएका पार्टी तथा समूहहरूसँग एकता प्रक्रिया अघि बढाउने भएको छ ।

एकता महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले समान विचार भएकाहरूसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

समितिमा राणासहित सदस्यहरूमा ऋषि बाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष र सीता ज्ञवाली रहेका छन् ।त्यस्तै पाटीले महामन्त्री भुवन पाठकको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिका सदस्यहरूमा भक्ति प्रसाद सिटौला, भरतजंग उप्रेती र सदस्य सचिव डा. गीताभक्त जोशी छन् ।

यता उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति पनि गठन गरिएको छ । यसमा डा. राजेश गिरि र भरत पाठक सदस्यहरू छन् । महामन्त्री कुन्ती कुमार शाहीको नेतृत्वमा गठन गरिएको लेभी निर्धारण समिति गरिएको छ ।

बैठकले सबै प्रदेश तथा जिल्ला सबै निकायको बैठक पुस महिना भित्र गरिसक्ने निर्णय गरेको छ । साथै सबै भ्रातृ सङ्गठनहरूको अधिवेशन ३ महिनाभित्र सम्पन्न गर्न सङ्गठनलाई निर्देशन पनि दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार