• शुक्रबार, साउन १५ २०८३

अध्यक्ष दुलालः विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री नेपालमै उत्पादन गर्न सकिन्छ


बुधबार, मंसिर २२ २०७८
530
Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

नाडाको ४५औँ साधारणसभा उद्घाटन सत्रमा बोल्दै दुलालले काठमाडौं चक्रपथ विस्तार, फ्लाई ओभर, पुल विस्तारमा प्राथमिकता दिनुपर्ने बताएका हुन्।

त्यस्तै एसम्बल उद्योगलाई सरकारले थप सुविधा दिएकोमा धन्यवाद व्यक्त गरे।

विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री नेपालमै उत्पादन गर्न सकिने बताउँदै दुलालले त्यस्ता उद्योगलाई प्रोत्साहन दिनु पर्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार