• शुक्रबार, साउन १५ २०८३

सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्‍न राष्ट्रपतिको आग्रह


बुधबार, मंसिर २२ २०७८
545
Shares

sf7df8f}F, @% sflQs M /fi6«klt ejg lzQn lgjf;df d+unaf/ :jf:Yo tyf hg;+Vof dGqL efg''eQm 9sfnn] sf]le8 !( dxfdf/L /f]syfd tyf lgoGq0fsf nflu ;/sf/n] xfn;Dd u/]sf sfd sfo{afxL / efjL of]hgfaf/] hfgsf/L lnPkl5 ;Daf]wg ub}{ /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तराष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गरिन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन्।

राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन् । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समूदायप्रति आभार समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराइन् । उनले भनिन्, ‘भूकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव, तथा सिकाईहरु अन्तराष्ट्रिय समूदाय तथा भावी पुस्ताका लागि समेत अनुकरणीय हुनेछन भन्ने मलाई लागेको छ । अन्तका भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा हामीले प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर हाम्रो मुलुकलाई सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न म सबैमा हार्दिक आह्वान गर्दछु।’

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समुदायले दिएको बलियो साथको पनि पटक पटक स्मरण गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार