• शुक्रबार, साउन १५ २०८३

महाधिवेशन प्रतिनिधि बने कलाकार जोगिन्दर


बुधबार, मंसिर २२ २०७८
510
Shares

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका रिजाल ५ सय १३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाता प्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न आग्रह गरे ।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिष्पर्धा गर्छौं । तर , नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने । उनले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए ।

‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रुपमा राख्न सक्छौँ। यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ,’ उनले भने । रिजालले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार