• सोमबार, असोज ५ २०८३

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई


मंगलबार, मंसिर २१ २०७८
835
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उनले एमाले, नेपाली काँग्रेसजस्ता ठूला पार्टी नै विगतमा पनि मुलुकलाई सङ्कटबाट जोगाउँदै आएको जनाए ।

सचिव भट्टराईले एमालेले पार्टीभन्दा बाहिरको वृत्तलाई पनि नेतृत्व गर्ने पार्टी भएकाले यसले अरुका आलोचना र सुझावलाई ग्रहण गर्ने स्पष्ट गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई नयाँ उचाइमा स्थापित गरेको जिकिर गरे भने अर्का केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको प्रचारकार्य व्यवस्थित भएको जनाए । यही मङ्सिर १० देखि १४ गतेसम्म एमालेको महाधिवेशन चितवनमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार