• शुक्रबार, साउन १५ २०८३

काँग्रेस बागमती प्रदेशः पदाधिकारीको नतिजा सार्वजनिक (मतपरिणामसहित)


मंगलबार, मंसिर २१ २०७८
1.2K
Shares

नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको गरिएको छ ।

मंगलबार बिहान सम्पन्न मतपरिणाअनुसार प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन।

बस्नेत र महर्जनले एक हजार ५९ र एक हजार ३७ मत ल्याए भने उक्त पदका लागि उम्मेदवारी दिएका निकटतम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भए ।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुँदा खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए ।

काँग्रेस बागमतीको सभापतिमा भने जगदीश्वर नरसिंह केसीलाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भएका थिए । काँग्रेस बागमतीमा शनिबार मतदान भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार