• शुक्रबार, साउन १५ २०८३

अब सभापति हुने पालो मेरोः प्रकाशमान सिंह


मंगलबार, मंसिर २१ २०७८
830
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दावी गरेका छन् ।

काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका हुन् ।

उनले आफू स्वाभाविक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको जिकिर गरे । नेता सिंहले आफूले नेतृत्व पाए काँग्रेसलाई बलियो बनाउने सक्ने जिकिर पनि गरे ।

‘म नेचुरल क्यान्डिेट हुँ, मै अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु’, उनले भने, ‘मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रिय उपसभापति र महामन्त्री भइसकेकोले अब टाइम आएको छ, मैले प्राप्त गरेको जुन अनुभवहरु यो पार्टीलाई अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टीको रुपमा मेरो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’

नेता सिंहले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार