• शुक्रबार, साउन १५ २०८३

आन्दोलनरत कानुन व्यवसायी केपी ओली भेट्न बालकोट जाँदै


मंगलबार, मंसिर २१ २०७८
645
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । सो क्रममा नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् ।

यसअघि बारको टोलीले अन्य राजनीतिक दलका नेताहरुलाई भेटेर राणालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापनपत्र बुझाइसकेका छन् ।प्रधानन्यायाधीश राणाका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत राणाको राजीनामा माग्दै आएका थिए ।

तर राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले प्रक्रिया विपरित राजीनामा नगर्ने अडान अघि सारेपछि उनीमाथि महाअभियोग लगाएर भएपनि हटाउनुपर्ने माग नेपाल बारले अघि सारेको छ । कानुन व्यवसायीहरुको माग अनुसार सत्ता गठबन्धनमा समेत महाअभियोगबारे अनौपचारिक छलफल भएपनि ठोस निर्णय भने भैसकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने मागको विपक्षमा छ । यदि सत्ता गठबन्धनले राणामाथि महाअभियोग लगाए संसद पुर्नस्थापना गर्न आदेश दिने अन्य न्यायाधीशमाथि पनि महाअभियोग लगाउनुपर्ने एमालेको भनाई रहँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार