गोरखा । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार चयन भएका छन् । चितवनमा आइतबार सम्पन्न प्रेस सेन्टरको चौथो राष्ट्रीय अधिबेशनबाट गोरखा जिल्लाबाट ३ जना पत्रकार केन्द्रीय समितिमा सर्वसम्मत चयन भएका हुन् ।
जसमा दिपक श्रेष्ठ (जलन), राजेन्द्र न्यौपाने र संगिता चेपाङ रहेका छन् । अधिबेशनले संगठनको केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा (जुगल) सहित १९१ सदस्यिय केन्द्रीय समिति सर्वसम्मत चयन गरेकाे छ । जसमा पदाधिकारी भने मनाेनित हुन बाँकी नै रहेकाे बताइएकाे छ ।