• शुक्रबार, साउन १५ २०८३

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौः प्रधानमन्त्री देउवा


सोमबार, मंसिर २० २०७८
700
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए ।

कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार