• शुक्रबार, साउन १५ २०८३

कांग्रेस बागमतीको सभापतिमा संस्थापनका इन्द्र बानियाँ विजयी


सोमबार, मंसिर २० २०७८
745
Shares

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे।

कूल २०२५ मत खसेकोमा १५८ मतान्तरसहित बानियाँ सभापतिमा निर्वाचित भएका हुन्।सुरुवाती मतगणनामा बानियाँ पछि परेका थिए। तर मतगणना बढ्दै जाँदा मतान्तर पनि बढाएर उनले जित निकालेका हुन्।

बानियाँ कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता पनि हुन्।

केसी नुवाकोटका कांग्रेस नेता हुन्। यहाँ पहिलो चरणमा तेस्रो भएका कृष्ण सिटौलानिकट भीमसेनदास प्रधानले बानियाँलाई सघाएका थिए।

शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा जितिसकेको छ।​

लुम्बिनी र प्रदेश १ को जारी मतगणनामा वरिष्ठ नेता पौडेल नेतृत्वको इतर समूह अगाडि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार