• सोमबार, असोज ५ २०८३

काँग्रेस नेता खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


सोमबार, मंसिर २० २०७८
750
Shares

नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’युवा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् । खतिवडा १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार