• शुक्रबार, साउन १५ २०८३

नेपाल मुस्लिम संघ गण्डकीका सभापति कांग्रेसकाे प्रदेश सदस्यमा निर्वाचित


सोमबार, मंसिर २० २०७८
1.7K
Shares

पाेखरा । नेपाल मुस्लिम संघ गण्डकीका सभापति शाह माेहम्मद मियाँ नेपाली कांग्रेसकाे प्रदेश सदस्यमा निर्वाचित भएका छन् । का‌ंग्रेसकाे प्रथम गण्डकी प्रदेश अधिवेशनबाट मियाँ सदस्यमा निर्वाचित भएका हुन ।

बिहिबारबाट पाेखरामा सुरु भएकाे प्रथम अधिवेशनमा शनिबार मतदान भएकाे थियाे । निर्वाचन प्रकृयाबाट उनि मुस्लिम/ अल्पसंख्यक तथा अपाङ्गता काेटाबाट उम्मेदवार बनेका थिए । स्यांजा घर भएका मियाँले ६ सय १५ मत ल्याउदै विजयी बनेका हुन ।

कांग्रेसकाे भातृ संगठनका रुपमा रहेकाे नेपाल मुस्लिम संघका गण्डकी प्रदेश सभापति रहेका उनले आगामी दिनमा गुटकाे राजनितीलाई परास्त गर्दै कांग्रेसलाई एक ढिक्का बनाउने अभियानमा लाग्ने बताएका छन् । साथै उनले निर्वाचनमा प्राप्त विस्वासकाे कदर गर्दै जनताकाे सेवामा लाग्ने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् ।

उनि यसअघि कांग्रेसकाे स्यांजा क्षेत्र नम्बर १ काे अधिवशेनबाट महाधिवेशन प्रतिनिधी समेत चुनिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार