• शुक्रबार, साउन १५ २०८३

कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी


सोमबार, मंसिर २० २०७८
1.3K
Shares

हेटाैडा । कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका बानियाँले १०८५ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । बानियाँले १५८ मतान्तरले केसीलाई सभापतिमा पराजित गरेका हुन् ।

शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज फेरि मतदान भएको थियो । आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार