• शुक्रबार, साउन १५ २०८३

राप्रपाको केन्द्रिय सदस्यमा गोरखाबाट ३ जनाको जीत, केन्द्रिय प्रवक्ताले नै चुनाव हारे


सोमबार, मंसिर २० २०७८
580
Shares

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधवेशन काठमाण्डौमा आइतबार सकिएको छ । महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देनवीच चुनावी प्रतिस्प्रधा भएको थियो । जसमा थापालाई लिङ्देनले पराजित गरे ।

यता गोरखाबाट महाधिवेशनमा केन्द्रिय सदस्य बनेका ६ मध्ये ३ जनाले मात्रै चुनाव जितेका छन् । चुनावमा विजयी हुनेहरुमा मनमाया गुरुङ, रामराज कोइराला, हिक्मतजंग भण्डारी रहेका छन् । चुनावी मतपरिणाम अनुसार गुरुङले १ हजार ४ सय ८३ मत, कोइरालाले १ हजार ३ सय ४३ मत र भण्डारीले १ हजार १ सय ३८ मत ल्याएर विजयी बनेका हुन ।

त्यस्तै सदस्य पदमै उम्मेदवारी दिएका यसअघिका केन्द्रिय प्रवक्ता समेत रहेका मोहन श्रेष्ठले भने चुनावमा हाल ब्यहोर्नु परेको छ । गोरखाको भिमसेन थापा बोर्लाङ घर भएका श्रेष्ठ यसअघि राप्रपाको केन्द्रिय राजनीतिमा कब्जा जमाउदै आएका थिए ।

कमल थापा निकट रहेका उनले जम्मा ९ सय ४५ मत मात्रै ल्याएका थिए । त्यस्तै गोरखाबाट उम्मेदवार बनेर पराजय हुनेहरुमा महेश्वर रोका र हरिराम आचार्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार