• शुक्रबार, साउन १५ २०८३

का‌ंग्रेस गण्डकी अधिवेशन: महामन्त्रीसहित यि हुन गोरखाबाट चुनाव जित्ने नेता


आइतबार, मंसिर १९ २०७८
735
Shares

गोरखा । नेपाली कांग्रेसले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन सम्पन्न गरेकाे छ । बिहिबार उद्घाटन गरिएकाे अधिवशेनमा शनिबार मतदान भएकाे हाे ।

शनिबार बेलुका अवेर सकिएकाे मतदानकाे आइतबार बेलुकासम्ममा अन्तिम मतपरिणाम आएकाे हाे । निर्वाचनमा सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेल समुहले अलग अलग प्यानल बनाएर चुनावी प्रकृयामा हाेमिएका थिए ।

जसमा सभापतिसहित करिब सतप्रतिशत पदमा पाैडेल समुहका नेताले जित हासिल गरेका छन् ।

निर्वाचनबाट शुक्रराज शर्मा विजयी भएका छन् । रामचन्द्र पौडेल समूहका शर्माले शेर बहादुर देउवा प्यानलका अर्जुन जोशीलाई पराजित गर्दै प्रदेश सभापतिमा विजयी बनेका हुन ।

शर्मा ८४ मतान्तरले जिते । शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत आयो । उपसभापतिमा स्याङजाकी कल्पना तिवारी र मेखलाल श्रेष्ठ विजयी भए ।

महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठले ५ सय ७३ मत सहित सबैभन्दा अगाडी हुँदा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए ।

सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी भएकी छिन ।

सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित विजयी भएका छन् ।

पदाधिकारीमा जित हासिल गर्नेमध्ये उपसभापति मेखलाल श्रेष्ठ मात्रै देउवा समुहका हुन ।

सदस्यमा ७ जना गोरखाका :

अधिवेशनबाट गोरखाका ७ जनाले प्रदेश सदस्य पदमा विजय हासिल गरेका छन् । सदस्यमा उम्मेदवार बनेका १२ जना मध्ये ७ जनाले जित हासिल गरेका हुन । जसमा बिरबल ढकालले ७२५, प्रकाशचन्द्र दवाडी ५२७, पूर्णबहादुर दाहाल ५५८ मत ल्याएर चुनाव जितेका छन् ।

त्यस्तै जानुका पन्त ६११, शोभा अधिकारी ६०३ र बिनाकुमारी श्रेष्ठ ५५१ मत सहित बिजयी भएका छन् । सदस्य पदमा जित हासिल गर्ने सबै नेता समेत पाैडेल समुहबाट उम्मेदवार बनेका थिए ।

त्यस्तै देउवा समुहबाट पदाधिकारीसहित उम्मेदवार बनेका ७ जना र एक जना बागी गरी ८ जनाले भने पराजय भाेग्नु परेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार