• शुक्रबार, साउन १५ २०८३

कांग्रेसकाे गण्डकी प्रदेशमा पाैडेल प्यानलका शुक्रराज शर्मा विजयी


आइतबार, मंसिर १९ २०७८
720
Shares

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् ।

 रामचन्द्र पौडेल समूहका शर्माले शेर बहादुर देउवा प्यानलका अर्जुन जोशीलाई पराजित गर्दै प्रदेश सभापतिमा विजयी बनेका हुन ।

शर्मा ८४ मतान्तरले जिते । शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत आयो । उपसभापतिमा स्याङजाकी कल्पना तिवारी र मेखलाल श्रेष्ठ विजयी भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ ।

महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ मत सहित सबैभन्दा अगाडी हुँदा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए । संस्थापन पक्षका कुमार खड्काको ५ सय ५६ र इश्वर पाण्डेको ४ सय ५८ मत आयो ।

सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी ओमकला गौतमको ५ सय १४ मत मात्रै छ ।

सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित विजयी भए भने निकटतम प्रतिश्पर्धी झुलबहादुर आलेले ४ सय ८८ र राजनराज पन्तले ४ सय ३१ मत पाएका छन् ।

स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका युवराज बस्ताकोटीको ९२ मत आयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार