• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले


सोमबार, फाल्गुन २६ २०७६
1.3K
Shares

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहारा दिन र नियमित हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ।

गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका ओलीको पाँचौं दिनमा गरिएको स्वास्थ्य परीक्षणमा भाइटल र ल्याब सूचक सामान्य रहेको अस्पतालले आइतबार विज्ञप्ति प्रकासित गरी जानकारी दिएको छ।

यस्तै, उनलाई मिर्गौला दिने भान्जी समीक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार