• शुक्रबार, साउन १५ २०८३

कांग्रेस गण्डकी प्रदेशमा गोरखाका १४ जनाकाे उम्मेदवारी, कुन पदमा काे ?


शुक्रबार, मंसिर १७ २०७८
800
Shares

पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशन अहिले पाेखरामा चलिरहेकाे छ । हिजाे बिहिबारबाट सुरु भएकाे अधिवेशन अन्तरगत आज शुक्रबार मनाेनयन दर्ता सम्पन्न भएकाे हाे । जसमा शेर बहादुर देउवा र रामचन्द्र पाैडेल छुट्टाछ्ट्टै प्यानल बनाएर उम्मेदवारी घाेषणा भएकाे छ ।

आज भएकाे मनाेनयन दर्ता अनुसार सभापतिका लागि शुक्रराज शर्मा र अर्जुन जोशीको उम्मेदवारी परेको छ । शर्मा पाैडेल पक्ष र जाेशी देउवा प्यानलका हुन । अधिवेशनको दोस्रो दिन शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । शुक्रबार ३ बजेसम्ममा सबै पदका उम्मेदवारले मनोनयन दर्ता गराएको नेपाली कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य राजबहादुर गुरुङले जानकारी दिए ।

गोरखाबाट बिभिन्न पदमा १४ जना उम्मेदवारी

यता गाेरखाबाट महाधिवेशन प्रतिनिधी र प्रदेश प्रतिनिधी चुनिएका मध्येबाट बिभिन्न पदमा १४ जनाले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । जसमा महामन्त्री पदमा इश्वर पाण्डे र किरणबाबु श्रेष्ठले मनाेनयन दर्ता गराएका छन् । उनिहरु दुवै जना गोरखा क्षेत्र नम्बर १ का महासमिती सदस्य हुन ।

त्यस्तै सह-महामन्त्रीमा गोरखा नगरपालिकाका मेयर समेत रहेका राजनराज पन्तले उम्मेदवारी दिएका छन् । उनि समेत गोरखा क्षेत्र नम्बर १ का महासमिति सदस्य हुन । यसैगरी सह-महामन्त्री पदमै गोरखाका १ ख बाट प्रदेश प्रतिनिधी चयन भएका युवराज बस्ताकाेटीले समेत उम्मेदवारी दिएका हुन ।

यस्तै महिला तर्फकाे सदस्य पदका लागि मिना अधिकारी र शाेभा अधिकारीले उम्मेदवारी दिएका छन् भने खुल्ला तर्फबाट सदस्य पदमै ध्रुव प्रसाद खनाल, पूर्ण बहादुर दाहाल र रमेश बस्ताकाेटीले उम्मेदवारी दिएकाे निर्वाचन समितीले जनाएकाे छ ।

यसैगरी खस आर्य महिला तर्फबाट कमला लामिछाने र जानुका पन्तले उम्मेदवारी दिएका छन् भने आदीबासी जनजाती महिला तर्फबाट सदस्यमै विना कुमारी श्रेष्ठले उम्मेदवारी दिएकी छिन् ।

यस्तै प्रत्यक्ष प्रदेश सभा अन्तर्गतकाे खुला तर्फबाट सदस्य पदमा साँसद समेत रहेका प्रकाश चन्द्र दवाडीले मनाेनयन दर्ता गराएका छन् । यस्तै दलित महिला तर्फबाट सदस्यमै रिता परियारले उम्मेदवारी दिएकी छिन् ।

प्रदेश कमिटिका लागि भाेली शनिबार बिहान ८ बजेदेखी मतदान सुरु हुने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार