• सोमबार, असोज ५ २०८३

कांग्रेस गण्डकीको सभापतिका लागि उम्मेदवारी शुल्क ९१ हजार, अरु पदमा कति ?


शुक्रबार, मंसिर १७ २०७८
630
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको गण्डकी प्रदेश अधिवेशनमा उम्मेदवारका लागि चर्को शुल्क तोकिएको छ।

गण्डकी प्रदेशको सभापतिका लागि उम्मेदवारी दिने इच्छुक व्यक्तिले ९१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। 

उपसभापतिका लागि ६१ हजार र महामन्त्रीका लागि उम्मेदवारी दिँदा ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। 

यस्तै सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ तोकिएको छ भने सदस्यका लागि ३१ हजार रुपैयाँ तोकिएको छ। 

गण्डकी प्रदेश अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिबाट जनही २ हजार ५ सय रुपैयाँका दरले रजिष्ट्रेशन शुल्क तिर्नुपर्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार