पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सकाे सभापतिमा सुधिर राना चयन भएका छन् । समितीकाे दाेस्राे अधिवेशनबाट राना सभापतिमा सर्वसम्मत चयन भएका हुन । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न समिति अधिबेशन जुम प्रबिधिकाेकाे माध्यमबाट सम्पन्न भएको हाे।
सहमति, सहकार्य र एकताको संदेश दिदै अधिवेशनबाट पुन दोस्रो कार्यकाल अर्थात सन् २०२१-२०२४ का लागि रानाको नेतृत्वमा १३ सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको बताइएकाे छ।
३० नोभेम्बरका दिन भएकाे अधिवेशनमा जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर रानाको अध्यक्षतामा र जनसम्पर्क समिति बिभागिय प्रमुख तथा केन्द्रिय सदस्य गोबिन्द भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा जनसम्पर्क समिति जर्मनीका पूर्व सभापति दिल गुरुङ र आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले मन्तब्य राखेकाे थिए ।
त्यस्तै कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका संथापक अध्यक्ष हरिहर अर्याल, गैर आवासीय नेपाली संघ फ्रान्सका पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति फ्रान्सका संथापक अध्यक्ष निर्मल अर्याल र फ्रान्स स्थित अन्य संघ सस्थाक प्रतिनिधिहरुले समेत शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन बिकाश केसीले गरेका थिए भने स्वागत मन्तव्य इन्द्र बस्नेतले दिएका थिए ।
अधिवेशनमा संस्थाको आर्थिक प्रतिवेदन सुजनराज भट्टले प्रस्तुत गरेका थिए । अधिवेशन खुल्ला सत्रको समापन गर्दै जनसम्पर्क समिति फ्रान्सका निबर्तमान सभापति रानाले नैतिक तथा सांगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए। निर्वाचन समितिका संयोजक तप्त भण्डारीले जनसम्पर्क समिति फ्रान्सको दोस्रो अधिवेशनको निर्वाचन परिणाम घोषणा गरेसंगै अधिवेशनको औपचारी कार्यक्रम समापन गरिएको थियो।
२०२१-२०२४ को लागि चयन गरिएको कार्यसमिति पदाधिकारीहरु:
सभापति : सुधीर राना
उप सभापति : इन्द्र ब. बस्नेत
उप-सभापति : कृष्ण गुरूंग
महामन्त्री : बिकास के सी
सह महामन्त्री : सुजन राज भट्ट
कोषाध्यक्ष : टीकाराम साप्कोटा
सह कोषाध्यक्ष : विराज मल्ल
सदस्य : मैया कटुवाल(जीता)
सदस्य : झबिन्द्र अधिकारी
सदस्य : नवराज वगाले
सदस्य : सुशील भण्डारी
सदस्य : रन्जित भट्ट
सदस्य : सुदीप कंडेल