• शुक्रबार, साउन १५ २०८३

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य


बिहिबार, मंसिर १६ २०७८
685
Shares

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ ।

दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो । मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लाथि अधिवेशन बोलाइएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’


दुईवटा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागि भएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार