• शुक्रबार, साउन १५ २०८३

अभिनेत्री रेखा थापा राप्रपाबाट महामन्त्री उठ्ने


बिहिबार, मंसिर १६ २०७८
675
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा राजेन्द्र लिङ्देनको प्यानलबाट चर्चित अभिनेत्री रेखा थापा महामन्त्री पदमा लड्ने भएकी छिन्।

उनीनिकट एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार थापा महामन्त्रीमा उठ्ने करिब पक्का भएको छ।

उम्मेदवारी घोषणा बुधबार बेलुका वा बिहीबार बिहानसम्म गर्ने तयारी थापाले गरेकी छन्।

राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था छ। लिङ्देन प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार हुन्।‘उहाँले अध्यक्षमा दाबेदार लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ’ ती नेताले भने, ‘सायद भोलि बिहानसम्म घोषणा भइसक्छ।’

थापाले पनि त्यसको सम्भावना रहेको संकेत गरेकी छन्। ‘म अहिले छलफलमै छु,’ थापाले नेपालखबरसँग भनिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार