• शुक्रबार, साउन १५ २०८३

ईश्वर पोखरेलः सिद्धान्तको ठेलीभन्दा जनताको जीवन ठूलो हो,


बिहिबार, मंसिर १६ २०७८
645
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सिद्धान्तको ठेलीभन्दा पनि जनताको जीवन ठूलो हुने बताएका छन्।

जनताको जीवनभन्दा ठूलो अरू केही हुन नसक्ने उनले बताए।आज काठमाडौंमा राप्रपाको एकता महाधिवेशन उद्घाटन कार्यक्रममा उनले भने, ‘जनताको जीवनभन्दा ठूलो अरू केही हुन सक्दैन। सिद्धान्तका ठेलीले जीवन बदल्न सकिँदैन।’

उनले जनताको जीन्दगी र देशको जीन्दगी बदल्न सबै मिलेर अगाडि बढ्नुपर्ने उनले बताए। ‘तपाईं(हामी विषय र एजेन्डाअनुसार एक हुन सक्छौं,’ उनले भने।साथै उनले एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गरिएको र यसबाट एमाले थप सुदृढ भएर अगाडि बढ्ने पनि बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार