• शुक्रबार, साउन १५ २०८३

राप्रपाको कार्यक्रममा ओलीलाई प्रचण्डको झटारो


बुधबार, मंसिर १५ २०७८
670
Shares

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् ।

उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् । मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।

प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो । ’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार