• शुक्रबार, साउन १५ २०८३

गण्डकीबाट एमालेकाे केन्द्रिय सदस्यमा अधिकांश नेता दोहोरिए


बुधबार, मंसिर १५ २०७८
625
Shares

नेकपा एमालेको केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट अधिकांश नेताहरु दोहरिएका छन् । आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय सदस्यको सूचीमा गण्डकीबाट अधिकांश नेता पुरानै छन् ।

नेता खगराज अधिकारीको नाम चर्चा थियो । तर ओलीले उनलाई केन्द्रीय सदस्यमा समेटेका छन् । सचिवमा गण्डकीबाट पद्मा अर्याल ओलीको सूचीमा परिन् । तर सचिवका लागि भने निर्वाचन हुने भएको छ ।

२ सय जना पुरुष र १०१ जना महिला रहेको केन्द्रीय कमिटीमा गण्डकीबाट अधिकांश नेताहरु केन्द्रीय सदस्यमा दोहोरिने मौका पाएका हुन् भने बागलुङ एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, अखिलका पूर्वअध्यक्ष किशोरविक्रम मल्ल, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, प्रदेश सांसद राजिव पहारी छन् । नयाँ थपिएका सदस्यमा २ जना कास्कीका छन् भने स्याङ्जाका एक र एक जना बागलुङका एक जना छन् ।

इन्द्रलाल यसअघि माधव नेपाल समूहमा थिए । पार्टी विभाजन हुँदा उनी एमालेमै लागे । नयाँ सदस्यमा गण्डकीबाट भूगोलको प्रतिनिधित्व गर्दै नवलपुरका तिलक महत, म्याग्दीका भूपेन्द्रबहादुर थापा, तनहुँका टुकराज सिग्देल, बागलुङका गोविन्दबहादुर नेपाली केन्द्रीय सदस्यको सूचीमा परेका छन् । यसअघि नै केन्द्रीय सदस्य रहेका गोरखाका रामशरण बस्नेत र लमजुङका मायानाथ अधिकारी पनि केन्द्रीय सदस्यको सूचीमा छन् ।

पोखराकी मीनाकुमारी गुरुङ, पुतलीबजार नगरपालिकाकी मेयर सीमा क्षेत्री र पूर्वमन्त्री तथा म्याग्दीकी सांसद नरदेवी पुन, प्रदेश सांसद बागलुङकी सावित्री राना, पूर्वसांसद मुस्ताङकी श्रीमाया थकाली, सांसद पोखराकी विद्या भट्टराई पनि केन्द्रीय सदस्यको सूचीमा छन् ।

गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उपमहासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् । गुरुङ यसअघि केन्द्रीय सचिव थिए । प्रदेशका पूर्वमन्त्री तनहुँका किरण गुरुङ, पोखराका भीम कार्की, संविधान सभा सदस्य लमजुङका जमिन्द्रमान घले, टुका हमाल लगायत नेता केन्द्रीय कमिटी सदस्यको सूचीमा छन् । समाधान

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार