
गोरखा । गोरखा नगरपािलकाकाे एउटै वडाका दुई जना नेकपा एमालेको केन्द्रीय सदस्यमा चयन भएका छन् । गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थायी घर भएका रामशरण बस्नेत र सम्झना देवकाेटा एमालेकाे १०औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा चयन भएका हुन् ।


चितवनको सौरहामा गत १० गतेदेखि सूरु भएकाे दशाै राष्ट्रिय महाधिवेशनबाट बस्नेत खुल्ला पुरुषबाट र देवकोटा महिला तर्फबाट केन्द्रिय सदस्य चयन भएका हुन । गोरखाबाट केन्द्रिय सदस्य बनेका दुवै जना संयाेगले नारेश्वरकै परेका छन् । बस्नेतकाे घर घलाङ्ग र देवकाेटा हाेलसिङ्गमा छ ।

दशाै महाधिवेशनबाट केन्द्रिय सदस्य चुनिएका बस्नेत यसअघि समेत केन्द्रिय सदस्य पदमै थिए भने देवकाेटा पहलाे पल्ट चुनिएकी हुन ।
गण्डकी प्रदेश सरकारकाे निवर्तमान भौतिक पुर्वाधार मन्त्री समेत रहेका बस्नेत यसअघि पार्टीकाे गोरखा जिल्ला ईन्चार्ज थिए भने देवकाेटा एमालेकाे प्रदेश कमिटी सदस्य थिइन् ।