• शुक्रबार, साउन १५ २०८३

शेरबहादुर तामाङः निर्वाचनमा बहुमत ल्याएर न्यायालयको समस्या समाधान गर्छौँ


मंगलबार, मंसिर १४ २०७८
600
Shares

नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन् ।

मंगलबार चितवनको सौराहा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्य समिति चयन गर्नु परेको बताएका हुन् ।

उनले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाइ मत दिएर विजयी गराउन आम जनतालाई आफूहरूले आग्रह गरिएको समेत बताए । तामाङले भने, ‘केही महिना भित्र हामी निर्वाचनमा जाँदैछौँ । हामीलाई विश्वास छ–केपी ओलीको अगुवाइमा हामी निर्वाचनमा जितेर बहुमतसहित र बहुमत मात्रै होइन, अझ हामी दुई तिहाइ मागिरहेका छौँ ।

किनभने न्यायालयमा देखिएको आजको बबन्डर, आजको जुन त्यो अप्ठ्यारो स्थिति छ । त्यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाइ लिएर न्यायालय भित्र देखिएका सबै खालका विसंगतीहरुलाई अन्त्य गर्ने गरी हामी अगाडि बढ्छौँ ।

त्यो भएको हुनाले हामी त्यो दुई तिहाइसहित सरकारमा फर्कने गरी त्यसको अगुवाइ केपी ओलीले गर्नु हुन्छ र हामी सबैको त्यो विश्वास भएकाले महाधिवेशनले पनि उहाँलाई त्यो अधिकार दिएको हो । उहाँले प्रस्तुत गर्नु भएको नाम सर्वसम्मत छ । योग्यतम भन्दा पनि योग्यतम छ ।’ कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय कमिटीका लागि प्रस्तुत गर्नु भएको नामावली योग्य रहेको दाबी समेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार