• सोमबार, असोज ५ २०८३

नेतृत्व परिवर्तनमात्र होइन, हामी आमूल परिवर्तनको पक्षमा छौंः धवलशमशेर राणा


मंगलबार, मंसिर १४ २०७८
540
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले पार्टीमा आमूल परिवर्तन गर्ने अभियानमा आफूहरु रहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी ६ महिना, एक वर्षमा पार्टीलाई कम्युनिस्ट र काँग्रेसको जरो उखेलेर फाल्ने अभियानको एउटा चरणमा लैजाने बताए ।

उनले एउटा अध्यक्ष गएर अर्को अध्यक्ष आउँदैमा पार्टी अगाडि नबढ्ने भन्दै आफूहरु नेतृत्व परिवर्तनको पक्षमा मात्र नरहेर नयाँ सोच, नयाँ विचार लिएर आमूल परिवर्तन गर्ने अठोटका साथ अघि बढेको बताए ।

उनले भने, ‘पार्टीको नीति र कार्यक्रम हाम्रो अजेण्डा हो । यसमा कुनै प्रकारको फेरबदल गर्नुपर्ने आवश्यकता छैन ।’ पार्टी सञ्चालन गर्ने विधि, प्रकृयालाई भने परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेताको जेबबाट निस्किने पार्टी हुनेछैन, एक व्यक्ति एक पद लागू गरिने छ र एक व्यक्तिले दुई कार्यकालभन्दा बढी कार्यकारी भूमिका लिने पद्धति अन्त्य गरिनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार