• शुक्रबार, साउन १५ २०८३

एमाले महाधिवेशनःलम्बिँदा खर्च पुग्यो ९ करोड


मंगलबार, मंसिर १४ २०७८
1.2K
Shares

चितवन । चितवनको सौराहामा यही मंसिर १० देखि जारी नेकपा एमालेको दसौं महाधिवेशन २ दिन लम्बिँदा २ करोड रुपैयाँ खर्च बढेको छ।


यसअघि मंसिर १२ गतेभित्र सकाउने तालिका भए पनि सहमतिको प्रयास गर्दागर्दै अन्तिममा चुनाव नै गर्नु परेपछि एमाले महाधिवेशन आज १४ गतेसम्म लम्बिएको हो। यसरी २ दिन थपिँदा महाधिवेशन खर्च २ करोड बढेर ९ करोड रुपैयाँ पुगेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘उद्घाटनलाई भव्य बनाउँदा अलिक बढी खर्च भयो’, उनले भने।

गत असोज १५–१७ गोदावरीमा भएको विधान महाधिवेशनमा ४ करोड खर्च भएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार