• शुक्रबार, साउन १५ २०८३

काँग्रेस महाधिवेशनमाः बागलुङमा सभापतिमा सिटौला पक्षका शेरचन विजयी


मंगलबार, मंसिर १४ २०७८
705
Shares

नेपाली काँग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् ।

काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो । शेरचन नेता कृष्णप्रसाद सिटौला पक्षका हुन भने उपाध्यायलाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो ।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभयो । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भए । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार