
नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार नरबहादुर बिकले केपी ओली पक्षले प्यानलसहितको पर्चा वितरण गरेकोमा आक्रोश व्यक्त गरेका छन् ।
बन्दसत्रमा ओलीले घोषणा गरेको ३०१ जनाको सूचीमा नपरेका उम्मेदवारलाई अपमान गरिएको भन्दै उनले प्यानलको प्रचार भएकोमा आक्रोश व्यक्त गरे ।
उनले भने, ‘पर्चा अध्यक्ष केपी ओली समूह भनेर वा ३०१ जना भनेर घोषणा भएका थिए, त्यो ३०१ जना मान्छेहरुलाई मात्रै मत हाल्ने र बाँकीलाई कट गरिएको छ । तपाईंहरु ३०१ भित्र हो अध्यक्ष ओली समूहले भोट नहाल्ने सूची भनेर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको थियो ।
जसमा ३०१ को सूची भन्दा बाहिरकालाई भोट नहाल्न भनिएको छ ।भनेर सोध्ने अनि नभएकालाई तपाईँले भोट पाइँदैन भन्ने ’ बिक दलित तर्फको केन्द्रीय सदस्यको उम्मेदवार हुन् भने ओलीको ३०१ को सूचीमा परेका थिएनन् ।