• सोमबार, असोज ५ २०८३

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा


सोमबार, मंसिर १३ २०७८
695
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आगामी दिनमा पार्टीलाई फुट्न नदिने र नफुटाउने संकल्प गर्दै उम्मेदवारी घोषणा गरे।

राप्रपाको महाधिवेशनमा काठमाडौंमा मंसिर १५,१६ र १७ गते हुँदैछ। थापाविरूद्ध यसअघि नै राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।पार्टीका सबै वरिष्ठ नेता र आम मतदाताहरूको समर्थन आफूतिर रहेको थापाले बताए।

राप्रपा अध्यक्ष मध्ये पशुपतिशमशेर राणाले उम्मेदवार नबन्ने घोषणा गरेका छन्। अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने अहिलेसम्म खुलिसकेका छैनन्।

राप्रपा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रका लागि लडिरहेको राजनीतिक शक्ति हो। पूर्वपञ्चहरूले पार्टी फुटाउने र जुटाउने क्रम जारी रहे पनि पछिल्लो समय एक ठाउँमा आएर महाधिवेशन हुन लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार