• शुक्रबार, साउन १५ २०८३

एमाले महाधिवेशनःउम्मेदवारहरू हात जोड्दै भोट माग्दै


सोमबार, मंसिर १३ २०७८
940
Shares

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् ।

उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।

उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् ।

यसैगरी रावलले पनि उम्मेदवारी दर्तापछि महाधिवेशन प्रतिनिधिसँग प्रत्यक्ष रुपमा भेट गर्दै आफ्नो पक्षमा भोट मागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार