• शुक्रबार, साउन १५ २०८३

नेकपा(एमाले)मा अध्यक्षसहित १४ पदाधिकारीको निर्वाचन हुने


सोमबार, मंसिर १३ २०७८
890
Shares

Pdfn] dxflwj]zgdf lgjf{rg sIf ;f}/fxf, !@ dªl;/ . g]skf -Pdfn]_ sf] hf/L bzf}F /fli6«o dxflwj]zgdf ;xdltsf g]t[Tj rog ug{] tof/L ePklg kf6L{sf] s]Gb|Lo lgjf{rg k"j{ of]hgfcg';f/ cfkmgf] tof/L sfod /fv]sf] 5 . t:jL/ M k|sfz l;njfn, /f;;

चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ।

केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो।अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनावबाट पदाधिकारी टुंगो लाग्ने भएको हो।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए।सुब्बाका अनुसार त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ।

ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै ओलीको सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको हो।

यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्यालको नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार