• शुक्रबार, साउन १५ २०८३

काँग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेले गरे उम्मेदवारी घोषणा


सोमबार, मंसिर १३ २०७८
695
Shares

नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन् । १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन् । उनले भने, ‘१२औं महाधिवेशनमा अञ्चलकोटामा केन्द्रीय सदस्य भएको थिएँ ।

१३औं महाधिवेशन खुलाबाट केन्द्रीय सदस्य बने । अब पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका पाण्डेले १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने आजै घोषणाा गरे । उनले भने, ‘म सहमहामन्त्री १५औं महाधिवेशन उठ्ने छैन । सके महामन्त्री वा उपसभापति बन्ने प्रयास गर्ने छु । त्यो सम्भव नभए म कुनै पदमा उम्मेदवार नबन्न पनि तयार छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार