• शुक्रबार, साउन १५ २०८३

माओबादी केन्द्रले गोरखाका १० पालिकामा चुन्याे पदाधिकारी, पालुङ्टार किन भएन ?


आइतबार, मंसिर १२ २०७८
645
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गोरखाले जिल्लाको १० वटा पालिकाहरुमा सम्मेलन सम्पन्न गरेकाे छ । देशका ७५३ वटै स्थानीय तहहरुमा एकै दिन सम्मेलन सुरु गरेकाे मा‌ओवादी केन्द्रकाे गोरखामा १० वटा मात्रै नेतृत्व चयन गर्न सफल बनेकाे हाे ।

११ स्थानीय तह रहेकाे गोरखाकाे पालुङ्गटारमा भने हालसम्म नेतृत्व चयन हुन नसकेकाे बताइएकाे छ । नेतृत्वलाई लिएर पार्टि भित्र आन्तरिक विवाद बढेकाले सम्मेलन सम्पन्न हुन नसकेकाे स्राेत बताउछ । यता जिल्लाका ९ गाउँपालिका र गोरखा नगरपालिकामा भने सर्वसम्मत नेतृत्व चयन गरेकाे पार्टीले जनाएकाे छ ।

जसमा गोरखा नगरपालिकाकाे अध्यक्षमा कृष्ण रानामगर चयन भएका छन् । यसैगरी नगरकमिटीकाे उपाध्यक्षमा चन्चला ज्ञवाली, रामबहादुर खड्का मंगलबहादुर बयलकोटी, सचिवमा हरीबहादुर खनाल, सहसचिवमा गोबिन्द भट्टराई र कोषाध्यक्षमा बिनोद अर्याल सर्वसम्मत चयन भएकाे जिल्ला अध्यक्ष लेख बहादुर थापाले जानकारी दिए ।

त्यस्तै सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापामगर, उपाध्यक्षमा इन्दिरा तिवारी, कृष्ण अम्गाई, धुर्व खनाल, सचिवमा कृष्णबाबु श्रेष्ठ, सहसचिवमा भरत खनाल, कोषाध्यक्षमा शेरबहादुर बिक चयन भएका छन् भने भीमसेन थापा गाउँपालिकमा अध्यक्ष सुजन पाण्डे (बिनोद), उपाध्यक्षमा नारायण श्रेष्ठ, मालती भट्ट र सागर श्रेष्ठ, सचिवमा मदनकुमार शाक्य, सहसचिवमा कृष्णबहादुर बि.क र कोषाध्यक्ष बिष्णु पाण्डे सर्वसम्मत भएका छन् ।

यसैगरी माओवादी केन्द्रकाे सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनी (गुराँस) चयन भएका छन् भने उपाध्यक्षमा उद्धव गुरुङ, शारदा घिमिरे र लक्ष्मी रम्तेल, सचिवमा धनबहादुर तामाङ, कोषाध्यक्षमा हेम तमु र सहसचिवमा बिनोद भण्डारी भयन भए ।

आरुघाट गाउँपालिकाकाे अध्यक्षमा बिष्णुप्रसाद खड्का, उपाध्यक्षमा डिलबहादुर रोका, अमृता लामा, पार्वती सापकोटा, सचिवमा राजकुमार ढकाल, सहसचिवमा गमबहादुर गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर नेपाली सर्वसम्मत हुदा गण्डकी गाउँपालिकाकाे अध्यक्षमा सिताराम रसाइली, उपाध्यक्षमा दानसिंङ गुरुङ, मिलन मग्राती, सचिवमा तुलसी रेग्मी चयन भए भने कोषाध्यक्ष र सहसचिव पछि मनोनित गरिने बताइएकाे छ ।

त्यस्तै अजिरकोट  गाउँपालिकाको अध्यक्षमा सनिल परियार, उपाध्यक्षमा अनिता भुजेल, धनबहादुर गुरुङ, प्रदिप घले, सचिवमा प्रकाश अधिकारी, सहसचिवमा बिष्णु भुजेल र कोषाध्यक्षमा प्रतलाल तामाङ सर्वसम्मत चयन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका पार्टी समितिको अध्यक्षमा नरबहादुर गुरुङ मात्रै चयन भएकाे र अन्य पदमा केहि दिनभित्र टुंगिने बताइएकाे छ ।

यसैगरी धार्चे गाउँपालिकाको अध्यक्षमा लक्ष्मण गुरुङ उपाध्यक्षमा मीनबहादुर सुनार, रामकुमार गुरुङ र इन्द्रप्रसाद गुरुङ, सचिवमा सूर्यबहादुर गुरुङ, सहसचिवमा शरद गुरुङ र कोषाध्यक्षमा सबिना घले चयन हुँदा चुमनुब्री गाउँपािलकाकाे अध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा राजकुमार गुरुङ, चित्रबहादुुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बलबहादुर गुरुङ, सहसचिवमा काजी घले, र कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा चयन भएकाे पार्टीले जनाएकाे छ ।

यता पालुंटारमा भने आकांक्षी बढी हुदा विवाद मिल्न नसकेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार