नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत शनिबारदेखि चितवनको सौराहामा बन्दसत्र जारी छ। पहिलो दिनको बन्दसत्रले विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या बढाएपछि रोकिएको बन्दसत्र आइतवार दिनभर अघि बढेको छैन।
राति बन्दसत्र अघि बढाउने रणनीति अनुसार अहिले अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टमा बसेर नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिइरहेका छन्।
यस्तोमा एमालेले ध्वनी मतको आधारमा नयाँ नेतृत्व घोषणा गर्ने तयारी गरेको छ।
अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल सहमतिमा नआए पनि प्रक्रिया ध्वनि मतकै आधारमा अघि बढ्ने तयारी भएको जानकारी एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।