• शुक्रबार, साउन १५ २०८३

लोक्पा पहिरो ब्यवस्थापनको काम तत्काल अघि बढ्छ: मुख्यमन्त्री पोखरेल


आइतबार, मंसिर १२ २०७८
790
Shares

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा खाधान्न पठाउने ब्यवस्था मिलाउन गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई निर्देशन दिएका छन् ।

विकास निर्माण लगायतका बिषयमा कार्यालय प्रमुखहरुसंग छलफल गर्न शनिबार गोरखा आएका मुख्यमन्त्री पोखरेलले तत्काल अस्थायी रुपमा पहिरो ब्यवस्थापन गरी खाधान्न लगायतका सामाग्री पठाउने वातावरण मिलाउन निर्देशन दिएका हुन ।

‘खाधान्न अभाव हुनुहुदैन, कम्तिमा खच्चड जाने मिल्ने गोरेटो बाटो चाहि तत्काल ब्यवस्था हुन जरुरी छ’ उनले भने ‘त्याहा ब्यवस्थि तगर्न कति पैसा लाग्छ स्टिमेट पठाउनु प्रदेश सरकारले तुरुन्त ब्यवस्थापन गर्छ ।’

मुख्यमन्त्री पोखरेलले तत्काल भुगर्भविद र प्राविधिक लोक्पा पठाएर पहिरो बारे स्थलगत अनुसन्धान गरी रिपोर्ट पठाउन समेत निर्देशन दिएका छन् । सो अध्ययन र स्टमेटबाट पहिरो नियन्त्रण र ब्यवस्थापनसंगै पद मार्ग निर्माणका लागि लाग्ने अनुमानित बजेटको रिपोर्ट समेत प्रदेश सरकारमा पठाउन उनले प्रमुख जिल्ला अधिकारी आचार्यलाई निर्देशन दिएका हुन ।

‘गण्डकीका अरु जिल्लामा समस्या छैन, गोरखाको यहि पहिरो मात्रै अलि जटिल समस्या हो, यसको निकास हामी तत्कालै खोज्छौ ।’ साेही पहिराे ब्यवस्थापन र बिभिन्न जाेखिम न्यूनिकरणका लागि केहि दिन अघी गोरखाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारी आचार्यलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

त्यस्तै उनले अन्य विकास निर्माणका बारेमा समेत कार्यालय प्रमुखहरुसंग छलफल गोरखा छन् । विकास निर्माणमा हुने ढिलाई, भ्रष्ट्राचार र लापरवाहीलाई निरुत्साहित गर्न उनले विकासे अड्डाहरुलाई निर्देशन समेत दिएका छन् ।

सोही अवसरमा उनले कोभिडको खोपलाई सबै जनतामाझ पु¥याउने गरी प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् । कोभिडबाट आमाबुवा गुमाएका बालबालिकाहरुको पालनपोषण गर्न हरेक महिना ५ हजारका दरले राहात प्याकेज प्रदेश सरकारले ल्याएको जानकारी दिदै उनले सो प्याकेजको दुरुपयोग नगर्न समेत निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेल समक्ष जिल्लाका कार्यालय प्रमुखहरुले दरबन्दी अनुसारका कर्मचारी र स्रोत साधन नहुँदा सेवा प्रभावित बनेको गुनासो गरेका थिए ।

नेपाली काँग्रेसका नेता समेत रहेका उनले फरक प्रशंगमा पत्रकारहरुसंगको कुराकानी गर्दै आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय कार्यसमितिको पदाधिकारीमा उम्मेदवदारी दिने समेत संकेत गरेका छन् ।

उनले सनिबार नै गोरखा स्थित नेपाली काँग्रेसका नेता कार्यकर्तासंग अन्तरकृया समेत गरेका छन् । यससंगै उनले शनिबार नै गोरखा नगरपालिका १० मा १२ सय सदस्य रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको २८ औं साधारणसभामा समेत सहभागी बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार